हाम्रो सेवाहरू

समुदायको पहिलो रोजाईको उत्क्रिस्ट एवं दिगो साकोस बन्ने र सदस्यहरुलाई उत्कृस्ट बित्तिय सेवा प्रदान  गरि सम्बृद्ध बनाउने

अरु हेर्नुहोस
general
साधारण बचत
child saving
बाल बचत
monthly saving
मासिक बचत

स्वागतम

काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ बल्खु, कुमारी क्लबमा अवस्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको बीजारोपण विक्रम सम्वत २०७८ साल वैशाख महिनामा स्थानीय ७४ महिलाहरुबाट न्युनतम रु १०० उठाउने सहमतिमा बल्खुस्थित भगवती मन्दिरको प्राङ्गणमा भएको थियो। यसरी रकम संकलन गर्नुको मुख्य उद्देश्य नै समुदायमा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाइ उनीहरूको जीवनस्तर उकास्नु थियो। महिला सशक्तिकरणको लागि महिलाको समूह र भगवतीको शक्ति समाहित भएमा सफलताको उडान भर्न सकिने विश्वासका साथ यस संस्थाको नामाकरण “महिला शक्ति बचत तथा ऋण सहकारी संस्था” गरी दर्ता गर्ने निर्णय गरियो । सोहीअनुरुप विक्रम सम्वत २०७८ पौष १८ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा सहकारी ऐन २०४८ अन्तर्गत कार्यक्षेत्र वडा नम्बर १४ रहनेगरी संस्था दर्ता गरियो।

बचत तथा ऋण दुबैको कारोबार सफलतापूर्वक परिचालन गर्दै आएको यस संस्थाबाट महिलाहरुमा बचत गर्ने बानीको विकासका साथै ऋण लिएर व्यापार व्यवसाय गर्नेहरूको आर्थिक अवस्था सुदृढ गर्न सहयोग गरेको छ । सुरुको समयमा महिलाहरुले मात्र सदस्यता पाउने प्रावधान भए तापनि वर्तमान समयमा पुरुष वर्गलाई पनि सदस्यता यस संस्थाले प्रदान गर्दै आएको छ। संस्थाको प्रारम्भ कालदेखि नै विभिन्न प्रकारका बचत तथा ऋणका सेवाहरु प्रदान गर्दै आइरहेको यस संस्थाले हाल १३ प्रकारका बचत सेवा तथा १० प्रकारका ऋण सेवा का साथै रेमिट्यान्स, आईपीएस, अनलाइन बिल भुक्तानी तथा अरु सेवाहरु आफ्ना सदस्यहरुलाई प्रदान गर्दै आइरहेको छ।

यस संस्थाले वि. सं. २०६८ देखि नेफ्स्कून, वि. सं.२०७५ फागुन १ गतेदेखि राष्ट्रिय सहकारी बैंक तथा वि.सं. २०७६असोज १३ देखि कास्कूनमा आबद्धता जनाई आफ्नो कारोबारलाई निरन्तरता दिइरहेको छ।

सदस्यहरुलाई उत्कृष्ट सेवा दिएबापत विभिन्न संघसंस्थाहरुबाट पुरस्कृत यस संस्थाले प्रोबेसन ब्राण्ड पाइसकेको छ। साथै एक्सेस प्रोग्राममा पनि सहभागिता जनाई भविष्यमा एक्सेस ब्रान्ड पनि प्राप्त गरी स्तरोन्नती गर्ने लक्ष्य यस संस्थाको रहेको छ।


board new
रेमिट्यान्स सेवाहरू
Prabhu_logo-1
1576056563western_union
download
15760567961N1Iov6fHkeBJj5cpaRllvBe6l5mZMf6oFqGv0yp
  • सुचना १ 
  • सुचना २ 
This is the default Tab content. Feel free to delete it.

लोन क्यालकुलेटर

Monthly Payment: